Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
रोनाल्डोले रु ८० करोड दिने भनेका होइनन्ः सेभ द चिल्ड्रेन - Himalkhabar.com

थप समाचारबिहीबार, बैशाख ३१, २०७२

रोनाल्डोले रु ८० करोड दिने भनेका होइनन्ः सेभ द चिल्ड्रेन

हिमालखबर

facebookनेपालका भूकम्प पीडित बालबालिकाका लागि फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले ५ मिलियन पाउण्ड (करिब रु ८० करोड ) सयोग गर्ने भन्ने समाचार सत्य नभएको सेभ द चिल्ड्रेनले जनाएको छ ।

रियल म्याड्रिडका स्ट्राइकर एवम् पोर्चुगलका नागरिक ३० वर्षीय रोनाल्डोले भूकम्प प्रभावित नेपालका लागि रु. ८० करोड सहायता प्रदान गर्ने भन्ने समाचार फ्रान्सेली र बेलायती मिडियाहरुमा प्रकाशित भएको थियो भने नेपाली सञ्चारमाध्यमहरुले पनि त्यही समाचारलाई साभार गरेका थिए ।

समाचारमा रोनाल्डोले बालबालिकाका क्षेत्रमा कार्यरत अन्तर्राष्ट्रिय संस्था ‘सेभ द चिल्ड्रेन’ मार्फत सहयोग गर्ने जनाइएको थियो ।

सेभ द चिल्ड्रेनले जारी गरेको विज्ञप्तिमा ‘नेपालमा सेभ द चिल्ड्रेनको आकस्मिक सेवाका लागि क्रिस्टियानो रोनाल्डोको सहयोगबारे पछिल्लो सूचना गलत छ,’ उल्लेख गरिएको छ ।

रोनाल्डोले नेपालका बालबालिकालाई सहयोग गर्न अन्तर्राष्ट्रिय समुदायलाई फेसबुकमा आह्वान भने गरेका थिए । उनले त्यस्तो सहयोग ‘सेभ द चिल्ड्रेन मार्फत गर्न समेत आग्रह गरेका थिए ।

सेभ द चिल्ड्रेनले जारी गरेको विज्ञप्तिमा रोनाल्डोले दिने सहयोगबारेको समाचार गलत भएको स्पष्ट पार्दै नेपालमा अप्ठ्यारोमा परेका बालबालिका र परिवारका लागि आवाज उठाएकोले रोनाल्डोलाई धन्यवाद दिइएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>