थप समाचारशुक्रबार, जेठ १, २०७२

भूकम्पमा चेतनाको उल्टो असर

हिमालखबर

0dHyKDlरसुवा, कटुञ्जे–४ की रुपा न्यौपाने (१५) भूकम्प आउँदा आँगनबाट घरभित्र पसेर खाटमुनि छिरिछन्। स्कूलमा ‘भुईंचालो आउँदा खाट वा टेबुलमुनि लुक्नुपर्छ’ भनेर सिकाएकोले उनले त्यसै गरेकी थिइन्।

धन्न उनलाई जीवितै उद्धार गरियो। रसुवाको कालिकास्थानमा पनि आँगनमा खेलिरहेका दुई बालक भुईंचालो आउँदा घरभित्र गएर खाटमुनि लुकेको गाउँलेले बताए। यसरी गाउँमा धेरै बालबालिका घाइते भएको स्थानीय जमुना न्यौपानेले बताइन्। कटुञ्जेका रिया ढकाल र आशिका ढकाल भुईंचालोमा त्यसरी नै घाइते भएर बाँचे।

काठमाडौंको साँखुमै पनि चौरमा फूटबल खेलिरहेका १०/१२ वर्षका १३ बालकमध्ये भूकम्पमा घरतिर दौडिएका ९ जनाको शव घरभित्रै भेटिएको थियो।

अरुलाई भूकम्प–चेतना दिंदै हिंड्ने सिन्धुपाञ्चोक, मेलम्चीका एक तन्नेरी पनि आपत्मा घरभित्र खाटमुनि पस्दा उद्धार गर्न नसकिएको उनका भिनाजु रत्नप्रसाद श्रेष्ठले बताए।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>