थप समाचारशुक्रबार, जेठ १, २०७२

नेपाललाई प्राथामिकतामा राखेर सहयोगः अमेरिकी राष्ट्रपति

हिमालखबर

अमेरिकी राष्ट्रपति बाराक ओबामाले नेपालमा उत्पन्न प्राकृतिक प्रकोपको प्रभावको स्थितिमा राहत र पुनःस्थापनाका लागि आवश्यक सहयोग गर्न तयार रहेको सन्देश दिएका छन् ।

मध्य तथा दक्षिण एसियाका लागि अमेरिकी सहायकमन्त्री निशा विश्वाल देसाइँले प्रधानमन्त्री सुशील कोइरालासँग भेटी सन्देश सुनाइन् ।

भेटपछि प्रधानन्त्रीका परराष्ट्र मामिला सल्लाहकार दिनेश भट्टराईले पत्रकारहरुलाई सहायकमन्त्री देसाइँले दुःखको अवस्थामा नेपालको प्राथमिकतामा रहेर राहत, पुनःस्थापना र पुनःनिर्माणका लागि सहयोग गर्न तयार रहेको बताइन् ।

देसाइँले अबको निर्माणलाई कसरी बलियो बनाउने भन्नेबारेमा आफूसँग भएका अनुभवका आधारमा सहयोग गर्ने र यस काममा नेपाललाई सफलता मिलोस् भनी कामना गरिन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>