थप समाचारशुक्रबार, जेठ १, २०७२

अस्थायी आवास बनाइँदिदै नेकपा–माओवादी

हिमालखबर

maobadiनेकपा–माओवादीका कार्यकर्ताहरु भूकम्प प्रभावितहरुका लागि अस्थायी आवास बनाइदिने काममा जुटेका छन् ।

पार्टीले अस्थायी आवस बनाउने कार्यमा लाग्न निर्देशन दिएपछि बैद्य माओवादीका कार्यकर्ताहरु पोलिटव्यूरो सदस्य अमृता थापामगरको नेतृत्वमा खटिएका थिए ।

भत्केका घरकै काठ, जस्ता, इँटाबाट उनीहरुले स–साना अस्थायी आवास निर्माण गर्न गाउँलेहरुलाई सघाएका हुन् ।

२५ बैशाखदेखि नै काठमाडौंका काभ्रेस्थली, धर्मस्थली, दहचोक, वलम्वु र भिमढुङ्गमा ध्वस्त भएका घरबाट अनाज र काम लाग्ने अन्य सामाग्री समेत निकाल्न सहयोग गरिरहेको थापाले बताइन् ।

maobadi2उनीहरुले अस्थायी आवास बनाउन र भत्केका घर पञ्छाई काम लाग्ने सामग्री निकाल्न सहयोग गरिरहेको स्थानीय मंगलमाया शाही बताइन् ।
अहिले नेकपा–माओवादीले पूर्व काठमाडौंमा दिनेश शर्मा, पश्चिम काठमाडौंमा अमृता थापामगर, भक्तपुरमा दिलिप महर्जन र ललितपुरमा सोनामको नेतृत्वमा कार्यकर्ताहरु खटाएको छ ।

त्यसैगरी सिन्धुपाल्चोक, काभे्रपलाञ्चोक, रामेछाप, दोलखामा पूर्वी व्यूरो, धादिङ्ग, नुवाकोट, रसुवा, चितवन, मकवानपुरमा पश्चिम व्यूरो र गोर्खा जिल्लामा मध्यपश्चिम व्यूरो सक्रिय रहेको नेतृ थापामगरले जानकारी दिइन् ।
देवकी बिष्ट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>