अर्थ/बजारशुक्रबार, जेठ १, २०७२

भूकम्पका कारण वीरगञ्ज भन्सारमा राजश्व असुली प्रभावित

हिमालखबर

Birgunj-Bhansar_20101203094928बैशाख १२ गते गएको भूकम्प र त्यसपछि लगातार आईरहेको पराकम्पनका कारण बैशाख महिनामा वीरगन्ज भन्सार कार्यालयको राजश्व असुली आधाभन्दा बढी घटेको छ ।

मुलुकको प्रमुख नाका वीरगञ्ज भन्सार कार्यालयले बैशाख महिनामा लक्ष्यभन्दा ३० प्रतिशत कम राजश्व संकलन गरेको छ ।

बैशाख महिनामा ८ अर्ब २३ करोड १ लाख ५१ हजार रुपैयाँ राजश्व संकलन गर्ने लक्ष्य लिएको वीरगञ्ज भन्सारले ५ अर्ब ६१ करोड ७४ लाख २२ हजार २१७ रुपैयाँ राजश्व संकलन गरेको छ ।

“औसतमा दैनिक ३० देखि ३२ करोड रुपैयाँ राजश्व संकलन भइरहेकोमा भूकम्पपछि यो दर घटेर १४÷१५ करोडमा झरेको छ,” कार्यालयका सूचना अधिकृत सशील शर्माले भने ।

उनका अनुसार भारतबाट पैठारीका लागि आएका मालवाहक ट्रक र कन्टेनरहरु अहिले पनि वीरगन्ज रक्सौल नाकामै थन्किएका छन् । भूकम्पका कारण काठमाण्डौका अधिकांश व्यपारीक गोदाम क्षतिग्रस्त भएको र व्यापारिक प्रतिष्ठानहरु नखुलेका कारण भारतबाट सामानको आयतमा गिरावट आएको प्रमुख भन्सार अधिकृत मित्रलाल रेग्मीले बताए ।

त्यस्तै वीरगञ्ज स्थित सुख्खा बन्दरगाहमा पनि राजश्व अशुलीमा २५ प्रतिशतले कमी आएको कार्यालयले जनाएको छ ।
सुरेश बिडारी, वीरगञ्ज

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>