थप समाचारशुक्रबार, जेठ १, २०७२

युवा संघको रजत जयन्ती पुनःनिर्माणमा

हिमालखबर

वसन्तपुर क्षेत्रमा भत्केका संरचना हटाउँदै युवा संघका पदाधिकारीहरु ।

वसन्तपुर क्षेत्रमा भत्केका संरचना हटाउँदै युवा संघका पदाधिकारीहरु ।

नेकपा एमालेको जनवर्गीय संगठन युवा संघले आफ्नो रजत जयन्ती महाभूकम्पबाट क्षतिग्रस्त संरचनाको पुनःनिर्माण गरेर मनाउने भएको छ ।

१२ वैशाखमा गएको महाभूकम्पबाट ध्वस्त भएको बसन्तपुर क्षेत्रको पुनःनिर्माण कार्य गरेर रजत जयन्ती मनाएको हो । युवा संघका सचिव रमेश पौडेलले अव देशभरका युवा संघका कार्यकर्तालाई पुनःनिर्माणमा लाग्न निर्देशन दिइएको बताए ।

युवा संघले नेकपा एमालेका उपाध्यक्ष विद्या भण्डारी, युवा विभाग प्रमुख शेरधन राईलगायतलाई बसन्तपुर लगेर भत्केका संरचना हटाउन लगाएका थिए ।

यस्तै, अनेरास्ववियुको स्वर्ण जयन्ती पनि पुनःनिर्माणमा केन्द्रीत गर्ने भएको छ । विभिन्न आठ कम्युनिष्ट पार्टीमा विभाजित अखिलले एकताबद्ध बनेर महाभूकम्पबाट क्षतिग्रस्त संरचना पुनःनिर्माणमा केन्द्रित भएर स्वर्ण जयन्ती मनाउने भएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>