समाचारशुक्रबार, जेठ १, २०७२

राष्ट्रसंघको अपिलः भूकम्प पीडितलाई ६ महीनासम्म छाना, खाना र नाना जुटाऔं

हिमालखबर

संयुक्त राष्ट्र संघले नेपालको भूकम्प पीडितका लागि सहयोग जुटाउन अन्तर्राष्ट्रिय समुदायसँग आग्रह गरेको छ ।

नेपालस्थित मानवीय समन्वयकर्ता जेमी म्याकगोल्डरिकले नेपाललाई सहायतार्थ ४२ करोड ३० लाख अमेरिकी डलर तत्काल आवश्यक रहेको उल्लेख गरेका छन् ।

राष्ट्रसंघले नेपालका महाभूकम्प पीडितलाई पहिलो तीन महिनाका लागि छाना, खाना र नानाको व्यवस्था गर्न आवश्यक रहेको उल्लेख गरिएको छ । हालसम्म पाँच करोड ९५ लाख डलर मात्र प्राप्त भएकाले मानवीय सहायताका लागि तत्काल उक्त रकम उपलब्ध गराउन आग्रह गरिएको छ ।

राष्ट्रसंघले जेनेभा र काठमाडौँबाट त्यस्तो सहायताको अपिल गरेकामा हालसम्म पर्याप्त रकम संकलन नभएकाले आज पुनः बैंकक र काठमाडौँबाट फेरि त्यस्तो अपिल गरेको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>