समाचारशनिबार, जेठ २, २०७२

अमेरिकी टोलीलाई सिंहदरबार निरीक्षण गर्न रोक

हिमालखबर

विनाशकारी भूकम्पले सरकारको केन्द्रीय प्रशासनिक कार्यालय सिंहदरबारका भवनहरूमा पारेको असरको प्राविधिक मूल्यांकन गर्न सहरी विकास मन्त्रालयले खटाएको एक अमेरिकी प्राविधिक टोलीलाई प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रोक लगाएको छ ।

सरकारको पूर्वअनुमतिबिना विदेशीहरूलाई सिंहदरबार घुसाएको भन्दै प्रधानमन्त्री कार्यालयका सचिव प्रेमकुमार राईले सिंहदरबार पुनर्निर्माण विकास समितिका पदाधिकारीलाई हप्काएका थिए।

समितिका एक अधिकारीका अनुसार सदस्यसचिव गिरिजाप्रसाद गोर्खालीले आफूले सहरी विकास मन्त्रालयबाट पत्र प्राप्त गरेको र सोही पत्रका आधारमा क्षति पुगेका मन्त्रालय तथा भवनको प्राविधिक मूल्यांकन गर्न लगाएको जबाफ दिएका थिए।

मन्त्रालयले बिहीबार समितिलाई पत्राचार गरी अमेरिकास्थित ग्लोबल फेयरनेस इनिसियटिभ भन्ने संस्थाबाट नौजना प्राविधिक (इन्जिनियर) लाई सिंहदरबारका मन्त्रालय रहेका भवनहरूको अध्ययन गर्न लगाउन निर्देशन दिएको थियो।

अमेरिकी टोलीमा समितिले आफ्ना इन्जिनियरहरू रञ्जन प्रजापति र सरोज कायस्थलाई समावेश गराएको थियो।

टोलीले शुक्रबार सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय, युवा तथा खेलकुद, श्रम तथा रोजगार, योजना आयोग, सामान्य प्रशासन, उद्योग, वाणिज्य, भूमिसुधार, वातावरण र अर्थ मन्त्रालयका भवन निरीक्षण गर्ने योजना थियो।

अन्नपूर्ण पाेस्टबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>