समाचारशनिबार, जेठ २, २०७२
बीस दिनपछि निकालियो अामाछाेरीकाे शव
१२ वैशाखमा गोरखाको बारपाकलाई केन्द्रबिन्दु बनाएर गएको विनाशकारी महाभूकम्पलगत्तै खसेको पहिरोमा पुरिएका आमाछोरीको शबलाई आज बिहान निकालिएको छ ।
छोरी प्रज्ञालाई खोप लगाएर घर फर्कदै गरेकी गोरखा बारपाक–१ पोखरीकी अञ्जु विकलाई पहिरोभित्रबाट निकालिएको हो । सौरपानी गाविसको झोलुङ्गे नजिकै खसेको पहिरोभित्र आमाछोरी थिचिएका थिए ।
नेपाली सेनाको टोली र जिल्लास्थित सडक कार्यालयबाट खटिएको संयुक्त उद्धार टोलीले शबलाई आज निकालेको भैरवी दल गणका गणपति प्रेमबहादुर थापाले जानकार िदिनुभयो । योसँगै बारपाकमा मात्र भूकम्पमा परी ७० जनाको ज्यान गएको छ । रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>