Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
सोलखम्बुबाट सिन्धुपाल्चोक उडेको हेलिकोप्टर खोटाङ फर्किएर... - Himalkhabar.com

थप समाचारशनिबार, जेठ २, २०७२

सोलखम्बुबाट सिन्धुपाल्चोक उडेको हेलिकोप्टर खोटाङ फर्किएर…

हिमालखबर

२९ वैशाखमा गएको दोस्रो पटकको भूकम्पबाट भाग्दै गर्दा महेश्वरी–८, खोटाङकी गोरीमाया वन (४०) लाई सुत्केरी व्येथाले छोयो । १२ वैशाखको महाभूकम्पपछि त्रसित उनलाई लगातार रक्तश्राव भइरहेपछि आफन्त थप अत्ताइलिए ।

‘‘तर, दुर्गम गाउँ भएकाले केही गर्न सकिने स्थिति थिएन’’, गोरीमायाको आफन्त सुनाउँछन्, ‘‘एकातिर भूकम्पको डर अर्कातिर विरामी सिकिस्त बन्दै गइन् ।’’ पूरै बस्तीका घरहरु भूकम्पले भत्किएका बेला गाउँको स्वास्थ्य चौकी खुल्ने अवस्थामा थिएन । बल्लतल्ल पाएको प्राथामिक स्वास्थ्य उपचारले पनि विरामी निको हुन सकिनन् ।

खोटाङ उद्योग वाणिज्य संघका अध्यक्ष खुशनारायण सैंजुले यो खबर पाए । सैंजुले लगत्तै त्यही क्षेत्रबाट निर्वाचित सभासद् पाँचकर्ण (पीके) राईलाई सुनाए । सभासद् राईले खोटाङको छिमेकी जिल्ला सोलुखम्बुबाट सिन्धुपाल्चोक उद्धारकै लागि मनाङ इअरको हेलिकोप्टर उड्दै गरेको सूचना पत्ता लगाए ।

सभासद् राईले गृहमन्त्रालयमा फोन गरेर उक्त हेलिकोप्टरबाट गोरीमायालाई काठमाडौं लैजान आग्रह गरे । गृहसचिव सुर्यप्रसाद सिलवालको पनि स्वीकृती पाएपछि हेलिकोप्टर खोटाङ फर्कियो ।

हेलिकोप्टरले गोरीमायालाई काठमाडौंस्थित शिक्षण अस्पताल पुर्‍याउँदा उनी बेहोस् भइसकेकी थिइन् । उनको आफन्तले २ जेठ विहान भने, ‘‘बेलैमा हेलिकोप्टरबाट काठमाडौं ल्याउन सकिएकाले गोरीमाया निको भइन् । नत्रभने अवस्था अर्कै हुनसक्थ्यों ।’’

तीन बालबच्चाकी आमा गोरीमाया अहिले सामान्य अवस्थामा फर्किसकेकी छिन् । उनी भन्छिन्, ‘‘बाँच्न पाइयो । खुशी लागेको छ ।’’ तर, उनलाई भूकम्पले दिएको पीडासँगै हेलिकोप्टरको खर्च तिर्नुपर्ने चिन्ताले भने पिरोल्न थालेको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>