समाचारशनिबार, जेठ २, २०७२

बारपाकदेखि लाप्राकबाहेक सबै सडक खुल्यो: विभाग

हिमालखबर

सडक विभागले गोरखाको बारपाकदेखि लाप्राकसम्मको २० किमि सडकबाहेक अरु सबै सडक खुलिसकेको जनाएको छ ।

वैशाख १२ गतेको भूकम्पले विच्छेद भएका सडक सञ्जाललाई सफा गरी यातायात सञ्चालन गरिए पनि २९ गतेको भूकम्पले सिन्धुपाल्चोक, दोलखा र रसुवाका विभिन्न सडकखण्डमा पहिरो गई अवरोध आएको थियो ।

शुक्रबारसम्म यी सबै सडकलाई सफा गरी यातायात सञ्चालन भएको विभागले जनाएको छ ।

विभागका उपमहानिर्देशक एवम् प्रवक्ता उमेश झाले बारपाकदेखि लाप्राकसम्मको सडक पनि शनिबारबाट खुलाउने प्रयास भइरहेको बताए।

यातायात सञ्चालन हुने ठूला पुलमा भने २९ गतेको भूकम्पले कुनै अवरोध नभएको विभागका महानिर्देशक माधवकुमार कार्कीले जानकारी दिए ।

“पुलमा ठूलो समस्या नदेखिए पनि सुक्ष्म अध्ययनका लागि समूह परिचालन गर्ने तयारी अन्तिम चरणमा पुगेको छ, प्राविधिकको समूहले विस्तृत अध्ययन गरेपछि यस विषयमा थप भन्न सकिन्छ ”–उनले भने ।

पुल निर्माणमा संरचना र गुणस्तरमा सम्झौता नगरिएकाले धेरै क्षति नभएको विभागका उपमहानिर्देशक सञ्जयकुमार श्रेष्ठ बताउँछन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>