समाचारशनिबार, जेठ २, २०७२

आजै चार भन्दा माथिका भूकम्प ६ पटक

हिमालखबर

२ जेठ अपराह्न ५ः१९ बजे दोलखा केन्द्र भएको ५.५ म्याग्निच्यूडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यसअघि नुवाकोट, धादिङ, दोलखा र गोरखा केन्द्रबिन्दु बनाएर ४ म्याग्निच्यूड माथिका ५ पराकम्पन गएका थिए ।

स–साना पराकम्पन जाने क्रम जारी रहेको र यसबाट नअतालिन भूकम्पविद्हरुले सर्वसाधारणलाई आग्रह गरेका छन् ।

सामाजिक सञ्जाल, विभिन्न अनलाइन मिडियाहरुमा आइररहेका विभिन्न अड्कलबाजी र हल्लाका पछि नलाग्न पनि उनीहरुले सुझाएका छन् ।

aftershockअघिल्ला दिनका तुलनामा पराकम्पन पनि कम हुँदै गएपछि उपत्यकामा चहलपहल बढेको छ भने पसलहरु क्रमशः खुल्न थालेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>