समाचारशनिबार, जेठ २, २०७२
आठ करोड पचास लाख स्विस फ्र्याङ्क सहयोगको घोषणा
भूकम्पपीडितलाई सघाउन रेडक्रस तथा रेडक्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासङ्घले नेपाललाई आठ करोड पचास लाख स्विस फ्र्याङ्क प्रदान गर्ने घोषणा गरेको छ ।
नेपालको भ्रमणमा रहेका महासङ्घका महासचिव इल्हाद एस सीले आज काठमाडौंमा आयोजित पत्रकारसम्मेलनमा उक्त रकम प्रदान गर्ने घोषणा गरेका हुन् ।
नेपाल अत्यन्त कठिन अवस्थामा रहेको तथा पुनःनिर्माणका लागि ठूलो धनराशि आवश्यक परेको बताउँदै उनले आपत्कालीन सहयोगका लागि अपिल गर्ने पनि बताए ।
महासचिव सीले घरबारविहीनहरूले टाउको लुकाउने बास चाँडोभन्दा चाँडो निर्माण गर्न चाहेका भन्दै महासङ्घमा आबद्ध १८९ देशलाई सहायताका निम्ति पुनः अनुरोध गरिने बताएका थिए ।
रासस
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>