समाचारशनिबार, जेठ २, २०७२

विपद्काे सामना गर्न राष्ट्रिय सरकारः एमाअाेवादी प्रवक्ता

हिमालखबर

एमाअाेवादीले राष्ट्रिय विपद्को समयमा सबै राजनीतिक दलको साझा सङ्कल्प जरुरी हुनेमा जोड दिएको छ ।

पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा पार्टीका प्रवक्ता दीनानाथ शर्माले विपद्लाई सामना गर्न र त्यसले पारेको क्षतिलाई न्यूनीकरण गर्दै पुनःनिर्माणमा जुट्नका लागि राष्ट्रिय सहमतिको सरकार नै उत्तम विकल्प भएको बताए ।

नवनिर्माणको लागि बलियो र कामकाजी सरकारको जरुरत रहेकोमा जोड दिँदै उहाँले परम्परागत तवरले भूकम्प प्रभावित क्षेत्रको पुनःनिर्माण हुन नसक्ने र जनताले वस्तुनिष्ट राहतसमेत नपाउने धारणा राखे ।

भूकम्प प्रभावित क्षेत्रका जनताले प्रभावकारी रुपमा राहत पाउन नसकेको र विभिन्न जिल्लामा चरम राजनीतिकरण गरिएको भन्दै उहाँले आफ्नो पार्टीले गैरकानुनी काम नगर्न र सबै पीडितलाई समान ढङ्गले राहत वितरण गर्न सरकारसँग आग्रह गरे । उनले प्रत्यक्ष र अप्रत्यक्ष रुपमा आफ्नो पार्टीको एक लाखभन्दा बढी नेता तथा कार्यकर्ता भूकम्पपीडितको राहत, पुनःनिर्माणमा खटेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>