थप समाचारआइतबार, जेठ ३, २०७२

अस्थायी पुनर्वासका लागि चुरे क्षेत्रबाट काठ सङ्कलन गरिने

हिमालखबर

सरकारले भूकम्पपीडितका लागि अस्थायी आवास निर्माण गर्न चुरे क्षेत्र र आसपासका वन जङ्गलबाट काठ–दाउरा सङ्कलन र वितरण गर्ने भएको छ ।

वन तथा भू–संरक्षण मन्त्रालयले वैशाख १२, १३ र २९ गते आएको विनाशकारी भूकम्प तथा पराकम्पनका कारण घरबारविहीन जनताको घरको छानोमा राख्ने प्रयोजनका लागि काठ दाउरा वितरण गर्ने भएको हो ।

मन्त्रालयका सचिव शङ्करप्रसाद अधिकारीले वर्षा अगावै जनतालाई सुरक्षित राख्न घरको छानोमा जस्ताका पाता अड्काउने प्रयोजनका निम्ति काठ–दाउरा वितरणको व्यवस्था मिलाएको बताए ।

सरकारले काठ–दाउरा सङ्कलनका लागि सामुदायिक, साझेदारी, निजी तथा सरकारी वनबाट खेर गइरहेको ढलपढा रुख र रुखका हाँगाबिँगा सङ्कलन गरी बिक्री वितरणको व्यवस्था मिलाउने उनले जानकारी दिए ।

पीडित वर्ग तथा उपभोक्ताले निजी वनका मालिकसँग रुख माग्न सक्नेछन् । सामुदायिक वनमा उपभोक्ता आफैंले सङ्कलन गरेका काठ–दाउराको मूल्य आफैं निर्धारण गरी बिक्री वितरण गर्न सक्ने व्यवस्था छ ।

बिक्रीबाट प्राप्त रकम कोषमा अर्थात् भूकम्पपीडितलाई अन्य प्रयोजनका निम्ति वितरण गर्नसमेत सकिने व्यवस्था मिलाइएको सचिव अधिकारीले जानकारी दिए ।

सरकारी वनबाट जिल्ला वन अधिकृतमार्फत ढलेका रुख र रुखका हाँगबिँगा सङ्कलनको व्यवस्था मिलाइएको छ भने सङ्कलन गरिएको उक्त काठ दाउराको मूल्य उपभोक्त आफैंले तय गर्ने र वितरण गर्ने व्यवस्थासमेत मिलाइएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>