समाचारआइतबार, जेठ ३, २०७२

थप सहयोग गर्न प्रधानमन्त्रीको आह्वान

हिमालखबर

 

पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइराला । तस्वीर: विक्रम राई

पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइराला । तस्वीर: विक्रम राई

प्रधानमन्त्री सुशील कोइरालाले भूकम्प प्रभावित नेपालमा पुनर्निर्माणका लागि अझै ठूलो सहयोग गर्न अन्तराष्ट्रिय समुदायसँग आग्रह गरेका छन् ।
३ वैशाखमा बालुवाटारमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री कोइरालाले भुकम्पपीडितको उद्धार र राहतका काममा अन्तराष्ट्रिय समूदायले ठूलो सहयोग गरेकोमा प्रसंशा गर्दै अब पुनस्र्थापना र पुनःनिर्माणका लागि झन ठूलो सहयोगको अपेक्षा रहेको बताए ।
उनले चीन, भारत, बेलायत, अमेरिका लगायत भूकम्पपछि उद्धार राहतका काममा सघाउने मुलुकहरुप्रति आभार व्यक्त गरे ।
उनले वैदेशिक लगानी भित्र्याउन राजनीतिक स्थिरता आवश्यक हुने भन्दै चाँडै संविधान निर्माण गरी थप स्थिरता कामय गर्नुपर्नेमा जोड दिए ।
राहत र उद्धारमा सरकार सफल
सञ्चारकर्मीको प्रश्नको जवाफ दिंदै कोइरालाले भूकम्प पीडितको राहत र उद्धारमा सरकार असफल भएको बताए ।
भने, “हामी प्रजातान्त्रिक व्यस्थामा छौं, प्रजातन्त्रले सबै खालका चुनौतीहरु समाना गर्न सक्छ , चाहे ती प्राकिृतक विपति होउन वा अन्य ” ।
राहत तथा उद्धारका लागि भारतसम्म आइपुगेका बेलायती विमानलाई नेपाल आउन नदिएको बारे सोधिएको प्रश्नमा उनले विमानस्थलको क्षमताका कारण अनुमति नदिएको दाबी गरे ।
भने, “हाम्रो एयरपोर्टको क्षमता कम भएका कारणले ल्याउन गाह्रो भएको हो, , १९० टन भन्दा ठूलो विमान अवतरणमा समस्या हुन्थ्यो, त्यसैले  समस्या पर्योल, अन्य कुनै कारण छैन ।”

पत्रकारमा नेपालमा रहेका विदेशी सञ्चारमाध्यमहरुको उल्लेख्य उपस्थिति थियो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>