थप समाचारआइतबार, जेठ ३, २०७२
भूकम्पमा ज्यान गुमाउने पुरुषभन्दा महिला ९ प्रतिशत बढी

इन्फोग्राफिक्स: नेपाल प्रहरी
१२ वैशाखमा गएको भूकम्प र त्यसपछिका परकम्पनबाट मृत्यु हुनेमा पुरुषभन्दा महिलाको संख्या ९ प्रतिशतले बढी देखिएको छ ।
नेपाल प्रहरीको तथ्याङ्क अनुसार भूकम्पका कारण ८४९२ को मृत्यु भएकामा ५२ प्रतिशत (४४९७ जना) महिला छन् भने पुरुषको संख्या ४३ प्रतिशत (३६९६ जना) छ । यसमध्ये सनाखत हुन नसेका ४ प्रतिशत (२९९) जना छन् ।
यसैगरी बालबालिको संख्या अलग्ग राखेर हेर्दा पनि बालक भन्दा बालिका बढी हताहत भएका छन् । भूकम्पका कारण ज्यान गुमाउने बालिकाको संख्या १७ प्रतिशत (१३५२ जना) छ भने बालक १५ प्रतिशत (१२२९ जना) छन् ।

इन्फोग्राफिक्स: नेपाल प्रहरी
यो तथ्याङ्क शनिबार, २ जेठसम्मको हो ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
