समाचारसोमबार, जेठ ४, २०७२

राष्ट्रिय सरकार बनाउन कांग्रेस–एमालेबीच सहमति

हिमालखबर

सत्तारुढ दल कांगेस–एमालेबीच राष्ट्रिय सरकार गठन गरेर अहिलेको विपत्को सामना गर्न सैद्धान्तिक सहमति भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा आइतवार बसेको दुई पार्टीका शीर्ष नेताहरुको बैठकले त्यही सरकारमार्फत नयाँ संविधान जारी गरेर संक्रमणकाल टुंग्याउने सहमति पनि गरेका छन् ।

एमाओवादीलगायतका अन्य दलसित पनि राष्ट्रिय सरकार गठनबारे छलफल अघि बढाउने समझदारी दुई दलबीच भएको छ । ‘‘राष्ट्र संकटमा परेका वेला मुलुकका सवै दल मिलेर सामना कसरी गर्ने भन्ने विषयमा दुई दलबीच छलफल भयो’’, बैठकपछि एमालेका बरिष्ठ नेता झलनाथ खनालले भने ।

नयाँ पत्रिका दैनिकबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>