समाचारसोमबार, जेठ ४, २०७२

प्रधानमन्त्री राष्ट्रिय सरकारका लागि तयारः सञ्चारमन्त्री

हिमालखबर

सूचना तथा सञ्चारमन्त्री डा मीनेन्द्र रिजालले वर्तमान सरकारलाई राष्ट्रिय स्वरुप दिन प्रधानमन्त्री सुशील कोइराला तयार रहेको बताएका छन् ।

रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कार कार्यक्रममा सरकारका प्रवक्ता रिजालले प्रधानमन्त्री कोइरालाले आफ्नो नेतृत्वको सरकार गठन भएदेखि नै लोकतान्त्रिक गणतन्त्रलाई संस्थागत गराउन राष्ट्रिय स्वरुप दिनका लागि आह्वान गर्दै आउनुभएको र अहिलेको विपत्तिको स्थितिपछि अन्य दलको पनि राष्ट्रिय सरकारका प्रति अभिरुचि बढ्नुलाई सकारात्मक मान्नुपर्ने बताए ।

उनले भने, “यो सरकारलाई राष्ट्रिय बनाउनुपर्छ भनेर हामीले सुरुदेखि नै भन्दै आएको हो र अहिलेको अवस्थामा त्यो भावना बढेको छ, यसलाई सकारात्मकरुपमा लिनुपर्छ र प्रधानमन्त्री कोइराला त्यस्तो सरकारको नेतृत्व लिन तयार हुनुहुन्छ ।”

उनले विपत्तिको समयमा आशङ्का र दोष लगाएर पीडितलाई फाइदा नहुने भएकाले राज्य र सरकारको बारेमा नकारात्मक टिप्पणी नगरी सबैतिरबाट सहयोग गरी पीडित जनतालाई लाभ दिन आग्रह गरे ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>