रिपोर्टसोमबार, जेठ ४, २०७२

महाभूकम्पपछिको मानसिक स्वास्थ्यः आत्तिनु पर्दैन

हिमालखबर

महाभूकम्पपछि उत्पन्न परिस्थितिमा ‘साइकोलोजिकल फस्र्ट एड’ चाहिएको छ ।

-सन्त गाहा मगर, धादिङ

dhading2१२ वैशाखमा महाभूकम्पले छोपेपछि धादिङ, नलाङकी सम्झ्ना तामाङ (२९) लाई निद्रा नलाग्ने, छटपटी हुने, खान मन नलाग्ने, आत्तिने जस्ता समस्या भयो । स्वास्थ्य मन्त्रालयले संयोजन गरेको सामाजिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग शिविर सञ्चालनका लागि धादिङबेसी पुगेका मानसिक रोग विशेषज्ञ डा. प्रभाकर पोखरेलले २८ वैशाखमा सम्झ्नालाई जाँचेपछि ‘इन्जाइटी डिसअर्डर’ भएको निष्कर्ष निकाले ।

महाभूकम्पमा आमा गुमेकी र बुबा पनि घाइते भएपछिको आकस्मिक परिस्थिति सम्हाल्न सम्झ्नालाई गाह्रो भएको देखिन्छ । उनका बुबाको धादिङ जिल्ला अस्पतालमा उपचार चलिरहेको छ । नलाङको खरीमा बाबुछोरीको घरको भग्नावशेष मात्र छ ।

धादिङबेसीकी लक्ष्मी तामाङ (३५) लाई पनि झ्स्किने, उकुसमुकुस हुने, भोक नलाग्ने, केही गर्न मन नलाग्ने जस्ता समस्या देखियो । महाभूकम्पमा लक्ष्मीले आमा, दिदी र भाइ गुमाउनु परेको छ । २७ वैशाखदेखि जिल्ला अस्पताल परिसरमा शुरू भएको एकमहीने ‘सामाजिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग’ शिविरको पहिलो दिन सम्झ्ना र लक्ष्मी सहित १७ जनाको परीक्षण भयो ।

महाभूकम्पपछि देखिनसक्ने समस्यालाई ध्यानमा राखेर स्वास्थ्य मन्त्रालयले मानसिक स्वास्थ्य क्षेत्रमा काम गर्ने स्वास्थ्य संस्था, गैरसरकारी संस्था, सामाजिक परामर्शदाता, चिकित्सक लगायतसँग मिलेर शिविर चलाएको हो ।

पहिलो चरणमा धादिङ, नुवाकोट र रसुवामा एक–एक महीना यस्तो शिविर सञ्चालन हुने मन्त्रालयका प्रवक्ता पदमबहादुर चन्दले बताए । आकस्मिक घटनाबाट मानसिक समस्यामा परेकाहरूलाई सानो परामर्शले पनि धेरै फाइदा पु¥याउने धादिङवेसीमा क्रियाशील मनोसामाजिक परामर्शदाता केदारप्रसाद सुवेदी बताउँछन् ।

मनोचिकित्सकहरूका अनुसार, महाभूकम्पले बालबालिका, वृद्धवृद्धा, गर्भवती महिला, मुटु रोगी आदिलाई मानसिक समस्याको जोखिम समूहमा पारेको छ । महाभूकम्पका बेला शारीरिक चोट नलागे पनि बेहोश र मृत्यु नै भएका घटना पनि छन् ।

बेहोश भएका कतिपयलाई अस्पतालबाट जीवित घर फर्काउन नसकिएको नसा, दुव्र्यसन तथा मनोरोग विशेषज्ञ धनरत्न शाक्यले बताए । डा. शाक्यका अनुसार, उनीहरूलाई महाभूकम्पका बेला हृदयघात भएको थियो । “महाभूकम्पबाट प्रभावितहरूमा मानसिक आघात परेको हुन्छ”, डा. शाक्य भन्छन्, “उनीहरूमा व्यावहारिक समस्या देखिन सक्छ ।”

ठूलो नोक्सान हुने वा ज्यानै जान सक्ने घटनापछि उत्पन्न मानसिक अवस्थालाई चिकित्सकहरू पोष्ट ट्रम्याटिक स्ट्रेस डिसअर्डर (पीटीएसडी) भन्छन् । मनोरोग विशेषज्ञ डा. पोखरेल महाभूकम्प भोगेका वा देखेकाहरूमा स्ट्रेस (तनाव) हुने बताउँछन् ।

उनका अनुसार, पीटीएसडीले बिरामीलाई रुने, कराउने, आत्तिने, भाग्ने बनाउँछ । लामो समयसम्म यस्तो तनावमा रहेकाहरूमा तीव्र थकान र निराशाको अनुभव हुन्छ । डा. पोखरेल भन्छन्, “यस्तो अवस्थामा शरीर कमजोर हुने, रोगसँग लड्ने क्षमतामा कमी र अरू रोग पनि आउँछ ।”

धेरै डरलाग्दो घटनापछि टाउको दुख्ने, शरीरमा थकान, पेट दुख्ने, भोक नलाग्ने, वाक्वाकी लाग्ने, मुटुको धड्कन बढ्ने, शरीर काप्ने, निद्रा नलाग्ने, गाडी वा विमानको आवाजले झ्स्किने, नराम्रो सपना देख्ने, डर लाग्ने, निराश–नर्भस हुने, मन दुःखी भइरहने, कुनै कुरामा रुचि नहुने, अरूले आफूलाई नराम्रो गर्छ जस्तो लागिरहने समस्या देखिन्छन् ।

यस्तै, अरूलाई दोष दिने, आफन्त वा साथीभाइसँग झ्गडा गर्ने, सास फेर्न गाह्रो हुने, सोच्न नसक्ने समस्या हुन सक्छ । कुनै औषधि खाइरहेको छ भने त्यो बिर्संदा समस्या छिटो बढ्ने डा. शाक्य बताउँछन् । भएको सम्पत्ति एकै पटक गुमेर दैनिक गुजारा चलाउने आधार पनि नरहँदा ‘एडजस्टमेन्ट डिसअर्डर’ को समस्या आउने बताउँदै डा. शाक्य भन्छन्, “यस्तो बेला भविष्यमा के गर्न सकिन्छ भन्ने कुरालाई महŒव दिनुपर्छ ।”

अब के गर्ने

ललितपुरको लगनखेलस्थित मानसिक अस्पतालका निर्देशक डा. सुरेन्द्र शेरचन महाभूकम्पले मानवीय, भौतिक, आर्थिकसँगै ठूलो मानसिक क्षति छोडेको बताउँछन् । यद्यपि, आत्तिइहाल्ने अवस्था भने नरहेको उनले बताए ।

उनका अनुसार महाभूकम्पपछिको मानसिक समस्यालाई पराकम्पन आइरहनु, सञ्चारमाध्यममा बीभत्स दृश्य देखाउनु र फेरि ठूलो भूकम्प जान्छ भन्ने हल्ला चलाउनुले बढाएको छ । “यस्तो प्रलयपछि करीब चार प्रतिशतलाई त उपचार चाहिने नै हुन्छ”, डा. शेरचन भन्छन्, “तर, हामीकहाँ अहिले विभिन्न कारणले अलि भिन्न स्थिति देखिएको छ ।”

राष्ट्रिय जनगणना २०६८ को तथ्यांकको आधारमा हेर्दा महाभूकम्पबाट प्रभावित जिल्लाहरूमा एक करोड ३६ लाख ५२ हजार ८०४ जनसंख्या रहेको देखिन्छ । तर, ९६ प्रतिशत भन्दा बढी जनसंख्यामा उब्जने मानसिक प्रभाव स्वतः कम भएर जाने डा. शेरचन बताउँछन् ।

उनका अनुसार, असाधारण प्रकृतिको आघातपछिको मानसिक अवस्था प्रायः अस्थायी हुन्छ । केही सावधानी अपनाउन सके यस्तो ‘स्ट्रेस’ कम भएर गइहाल्ने डा. शेरचन बताउँछन् । “पराकम्पनको विषयमा गलत हल्ला नचल्ने हो भने मात्र पनि आधा तनाव घट्छ”, डा. शेरचन भन्छन्, “यस्तो बेला सकेसम्म परिवारका सदस्यहरू एकैठाउँमा हुनुपर्छ, त्यो सम्भव छैन भने निरन्तर सम्पर्कमा रहनुपर्छ ।”

महाभूकम्पबाट आत्तिएकाहरूलाई ‘भूकम्प’ शब्दले नै असर गर्न सक्छ । यसबाट बच्न चाँडो आफ्नो दैनिकीमा फर्कनुपर्ने डा. शाक्य बताउँछन् । त्यसबाहेक बालबालिका, वृद्धवृद्धा, शारीरिक अपाङ्गता भएका, गर्भवती आदिका अगाडि डरलाग्दा घटना वा दृश्यको चर्चा नगर्न उनको सुझव छ ।

सञ्चारमाध्यमहरूले पनि यो विषयमा बिल्कुलै ‘सनसनीखेज’ बन्न नहुने डा. शेरचन बताउँछन् । “बरु सबै पक्षले पीडितलाई राहत दिएर वा अन्य तरीकाले सघाएर मानसिक तनाव कम गर्ने प्रयास हुनुपर्छ ।

अपनाउनुपर्ने सावधानी
–महाभूकम्पपछि चलेका विभिन्न हल्लाको पछि नलाग्ने ।
–सकेसम्म परिवारका सदस्यहरूसँगै बस्ने ।
–महाभूकम्प सम्बन्धी बीभत्स दृश्य नदेखाउने÷नहेर्ने ।
–बालबालिका, वृद्ध–वृद्धा, गर्भवती महिला आदिसँग डरलाग्दा घटनाको चर्चा नगर्ने ।
–सकेसम्म चाँडो दैनिक काममा फर्कने ।
–वादविवादतिर नलाग्ने ।
–विपत्मा परेकालाई सहयोग गर्ने ।
–मानसिक समस्या भएकालाई आलोचना नगर्ने÷नकारात्मक कुरा नसुनाउने ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>