थप समाचारसोमबार, जेठ ४, २०७२

लुम्बिनी विकास कोषमा भिक्षु निग्रोध

हिमालखबर

nigrodhबानेश्वरको विश्व शान्ति विहारमा बस्दै आएका भिक्षु निग्रोध (सिद्धार्थ महर्जन) लुम्बिनी विकास कोषको उपाध्यक्ष नियुक्त भएका छन् ।

१७ वैशाखकै मन्त्रिपरिषद्ले नियुक्तिको निर्णय गरेको भए पनि ३ जेठमा मात्रै नियुक्तिको पत्र बुझेका थिए ।

४ वैशाखमा भुकम्पपीडितका लागि जैशीदेवलमा राहत बाड्ँदै गरेका निग्रोधले ५ वैशाखबाट कार्यभार सम्हाल्न लुम्बिनी जान लागेको बताए ।

उनले कार्यकालमा लुम्बिनीको विकासका लागि आफूलाई समर्पित गर्ने बताए ।

लुम्बिनी विकास कोषमा पाँच वर्षका लागि उपाध्यक्ष नियुक्त गरिने भए पनि नियुक्तको साढे दुई वर्षमै अघिल्ला उपाध्यक्ष कार्म स्याङ्बु शेर्पाले राजीनामा दिएकाले बाँकी रहेको अवधिका लागि मात्रै निग्रोधलाई नियुक्त गरिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...