थप समाचारसोमबार, जेठ ४, २०७२
चरेश चोरी गरी बेच्ने दुई प्रहरी जवान निलम्बित
सशस्त्र प्रहरीले बरामद गरी बुझाएको चरेश चोरेर बिक्री गरेको आरोपमा पर्सा प्रहरीले दुई जना प्रहरी जवानलाई निलम्बन गरी अनुसन्धान शुरु गरेको छ ।
ईलाका प्रहरी कार्यालय पोखरीयामा कार्यरत रौतहटको गरुडा नगरपालिका–१० का लालबाबु सहनी र दीपक कार्की निलम्बनमा परेका हुन् ।
प्रहरी जवान सहनी र कार्कीले २४ बैशाख राति सशस्त्र प्रहरीले शंकरसरैयाबाट हतियार सहित बरामद गरेको ७५ केजी गाँजा, ३० केजी चरेश मध्येबाट २९ बैशाखमा ८ वटामा रहेको ८ किलो चरेश चोरी गरेर तस्कारलाई बेचेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पर्सा जिल्ला अदालतमा लागु औषध मद्दाको म्याद थप र नमूना संकलन गरी ईलाका प्रहरी कार्यालय पोखरीयामा फर्कने क्रममा सहनीले चोरी गरेर पछि बेचेको जिप्रका पर्साले जनाएको छ ।
ईलाका प्रहरी कार्यालय पोखरीयामा सवारी चालक रहेका कार्कीले घटनाका बारेमा जानकारी नगराएकोले निलम्बन गर्नु परेको प्रहरी नायब उपरीक्षक वीर बहादुर ओलीले जानकारी दिए ।
सुरेश बिडारी, वीरगञ्ज
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
