थप समाचारसोमबार, जेठ ४, २०७२

सवारी दुर्घटनामा ६ जनाको मृत्यु

हिमालखबर

पूर्व–पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको मनहरीमा बस र ट्रक ठोक्क्रिदा ६ जनाको मृत्यु भएको छ ।

वीरगंजबाट काठमाडौँ जाँदै गरेको ना ५ ख ३६९७ नम्बरको बस र नारायणगढबाट हेटौंडातर्फ आउँदै गरेको ना ४ ख ५७६५ नम्बरको ट्रक मनहरी–३ रमनटारमा ४ जेठ दिउँसो तीन बजे एक आपसमा ठोक्किंदा बसमा सवार ६ जनाको घटनास्थलमा मृत्यु भएको हो ।

मृत्यु हुनेमा ३ जना पुरुष र ३ जना महिला छन् । घटनामा २५ जना भन्दा बढी घाईते भएको प्रहरीले जनाएको छ ।

घटनाबारे थप बिबरण आउन बाँकी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक शिशु शर्माले जानकारी दिए ।
अशोकसुजन श्रेष्ठ, हेटौँडा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...