थप समाचारसोमबार, जेठ ४, २०७२

भूकम्प पीडित कोषमा प्रेस चौतारीको ५० हजार

हिमालखबर

unnamedभूकम्प पीडित कोषका लागि प्रेस चौतारी नेपालले ५० हजार बुझाएको छ ।

१२ वैशाखमा गएको भूकम्पबाट पीडितका लागि पुनःस्थापना कोषमा उक्त रकम सहयोग गरेको हो । चौतारीका महासचिव माधव नेपालले ४ जेठमा आयोजित एक कार्यक्रममा उक्त रकम नेकपा एमालेका अध्यक्ष केपी ओलीलाई हस्तान्तरण गरेका छन् ।

महासचिव नेपालले थप ५० हजार सहयोग गर्ने बताए । चौतारीले भूकम्प पीडित पत्रकारहरुका लागि अस्थायी टहरा बनाइदिने निर्णय यसअघि गरिसकेको छ ।

भूकम्प प्रभावित जिल्लाका पत्रकारहरुलाई अस्थायी टहरा बनाइदिन चौतारीका पदाधिकारी र सदस्यहरुलाई खटाइसकिएको महासचिव नेपालले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>