समाचारसोमबार, जेठ ४, २०७२

भूकम्पका परकम्पन घट्दै

हिमालखबर

अघिल्ला दिनका तुलनामा भूकम्पका परकम्पन क्रमशः घट्दै गएका छन् ।

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार आज ३ जेठ साँझसम्म चार म्याग्निच्युड (ML) का दुई परकम्पन गएका छन् । आइतबार तीन परकम्पन गएका थिए । त्यसअघि शनिबार नौ पराकम्पन गएका थिए ।

आज बिहान ९:११ बजे दोलखा केन्द्रबिन्दु भएर ४.२ लोकल म्याग्निच्युडको तथा साँझ ६:२७ मिनेट जाँदा धादिङ र गोरखा केन्द्रबिन्दु भएर ४.१ लोकल म्याग्निच्युडको पराकम्पन गएको थियो । अरु ४ म्याग्निच्युड घटीका थिए ।

गत १२ वैशाखको ठूलो भूकम्पपछि हालसम्म ४ म्याग्निच्युडभन्दा माथिका २४३ वटा परकम्पन गएको केन्द्रले जनाएको छ ।
रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>