रमझममंगलबार, कार्तिक २१, २०६९

तुलसीपुरमा ‘फेसन नाइट’ हुने

हिमालखबर

पेज थ्रि इन्टरटेनमेन्ट प्रालिको आयोजनामा २७ कार्तिकमा फेस्टिभ फेसन नाइट २०६९ हुने भएको हो  । रिपोर्टस क्लव दाङ शाखाको सहकार्यमा भएको पत्रकार सम्मेलनमा कार्यक्रमबारे जानकारी दिँदै पेज ३ का निर्देशक थम्मन भण्डारीले दशैं तिहारको अवसरमा तुलसीपुर क्षेत्रमा फेसन नाइट कार्यक्रमको आयोजना गरिने जानकारी दिए ।
पेज थ्रि स्थापना भएपछि आयोजना गरेको पहिलो कार्यक्रम मिस दाङको सफलतापछि दोस्रो कार्यक्रमको रुपमा फेस्टिभ फेसन नाइट २०६९ को आयोजना गरिएको निर्देशक भण्डारीले बताए ।

तुलसीपुरस्थित होटेल मानसरोबरमा आयोजना हुने कार्यक्रममा नेपालका ६ जना ब्यावसायिक मोडेल तथा मिस दाङ् विद्या गुरुङसाथै तुलसीपुर क्षेत्रका अन्य मोडेलहरु बिभिन्न पोशाकहरुमा ¥याम्पमा प्रस्तुत हुनेछन् ।

कार्यक्रममा चर्चित गायक सुगम पोखे्रल र गायिका आस्था रावतको प्रस्तुती रहने छ । साँझ ६ बजेदेखि १० बजेसम्म हुने कार्यक्रमको टिकट शुल्क ५ सय रुपैयाँ रहेको छ ।

कार्यक्रमको मिडिया पार्टनरहरुमा गणतन्त्र राष्ट्रिय दैनिक, रेडियो झरना ८८ मेघाहर्ज, शुक्रवार साप्ताहीक, एसटीएन च्यानल र आरसी च्यानल रहेका छन् । पेज ३ इन्टरटेनमेन्ट प्रालिका थम्मन भण्डारी, रुपक थापा, राज राना र नरेश बिकको समुहले कार्यक्रमको आयोजना गरेको हो । 

देविका घर्ती मगर, दाङ्

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>