थप समाचारमंगलबार, जेठ ५, २०७२
भारत लैजाँदै गरिएका ४० आनी फर्काइए
भारत लैजाँदै गरिएका बौद्धमार्गी छात्राहरुलाई काकडभिट्टा प्रहरीले रोकी माइती नेपालमा बुझाएको छ ।
काठमाण्डौको स्वयम्भूमा रहेको ‘केदुग थुक्क चि चो लिङ्ग नुनेरी’ गुम्बा भूकम्पले क्षतिग्रस्त भएपछि त्यहाँ रहेका आनीहरुलाई भारतको पश्चिम बंगालस्थित सालुगाढामा रहेको गुम्बामा लैजान लागिएको बताइए पनि कुनै कागजात साथमा नरहेकोले नियन्त्रणमा लिइएको झापा प्रहरीले जनाएको छ ।
“८ देखि ३० वर्षसम्मका ४० जना आनीहरुलाई केही महिनाका लागि पश्चिमबंगाल लैजाने भनिए पनि उनीहरुसँग आधिकारिक कागजात छैन,” इलाका प्रहरी कार्यलयका डिएसपी अर्जुन तिम्सिनाले भने, “हालका लागि उनीहरुलाई माईती नेपालको आवधिक गृहमा राखिने छ ।”
महाभूकम्पपछि बालबालिकाको ओसारपसार बढ्न थालेपछि सरकारले बालबालिकालाई सम्बन्धित निकायको स्वीकृति बिना जिल्लाबाहिर लैजान निषेध गरेको छ ।
शब्द/तस्वीर: कृष्ण सिंजाली, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
