समाचारमंगलबार, जेठ ५, २०७२
‘राजनीतिक भूकम्प को नेतृत्व वैद्यले लिने’
नेकपा माओवादीका अध्यक्ष मोहन वैद्यले विपत व्यवस्थापन गर्न नसके देशमा ठूलो राजनीतिक भूकम्प आउने बताएका छन ।
१२ वैशाखको महाभूकम्पपछि पार्टीले गरेका काम कारबाहीबारे जानकारी दिन स्वयम्भूमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै वैद्यले राजनीतिक रुपमा भूकम्प गयो भने त्यसको नेतृत्व आफ्नो पार्टीले लिने दाबी गरे ।
राहत वितरणमा अनियमितता भएको गुनासो आएकोले सरकारले त्यस तर्फ ध्यान दिनुपर्ने वैद्यले बताए ।
“राहतका कामहरु भइरहेका छन्, पाल वितरण भइरहेको छ, तर पीडितले पाल पाउन सकेका छैनन्, खाद्यान्न वितरण भइरहेको छ तर, पीडितले पाउन सकेका छैनन्,” वैद्यले भने, “पीडितले राहत पाउने व्यवस्था तुरुन्त गर्नुपर्छ ।”
राष्ट्रिय सरकार गठनको माग भइरहेका बेला वैद्यले सर्वपक्षीय उच्चस्तरीय राजनीतिक संयन्त्र गठन गर्नु जरुरी रहेको बताए ।
भने, “सर्वदलीय सरकार होइन उच्चस्तरीय राजनीतिक संयन्त्र गठन हुनुपर्छ । ”
पत्रकार सम्मेलनमा नेकपा-माओवादीले भूकम्प प्रभावित क्षेत्रलाई विभिन्न कमाण्डमा विभाजन गरी राहत र उद्धारमा खटिएको साथै अब भूकम्प प्रभावित क्षेत्रमा श्रम शिविर चलाइने जानकारी दिइएको थियो ।
देवकी विष्ट
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
