समाचारबुधबार, जेठ ६, २०७२
राष्ट्रिय सरकार बनाउने सहमति भइसक्याेः गच्छदार
मधेशी जनअधिकार फोरम नेपाल लोकतान्त्रिकका अध्यक्ष विजयकुमार गच्छदारले राष्ट्रिय सहमतिको सरकार अवश्यंभावी रहेको बताएका छन् ।
विराटनगर विमानस्थलमा आज बिहान सञ्चारकर्मीसँगको संक्षिप्त कुराकानीमा उनले राष्ट्रिय सहमतिको सरकारका लागि दलबीच सैद्धान्तिक सहमति भइसकेको स्पष्ट पारे ।
सरकारको नेतृत्वको विषयमा कुनै विवाद नरहेको उल्लेख गर्दै उनले चाडै नै राष्ट्रिय सरकार गठन हुने विश्वास व्यक्त गरे । उनले सहमतिकै सरकारको माध्यमबाट सहमतिमा संविधान निर्माण हुने र स्थानीय निकायको निर्वाचन समेत हुने उल्लेख गरे ।
विनाशकारी भूकम्पका कारण राष्ट्र विपत्तिमा रहेको अवस्थामा सबैलाई ऐक्यबद्ध भई राष्ट्र निर्माणको कार्यमा जुट्नुपर्ने आजको आवश्यकता रहेको बिचार पनि उनले प्रकट गरे ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
