थप समाचारबुधबार, जेठ ६, २०७२

कारागार मर्मत गर्न कैदी नै जुटे

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पका कारण क्षतिग्रस्त भएको तनहुँ कारागारको तीन वटा कोठा कैदी आफैँले मर्मत गर्न थालेका छन् ।

तनहुँ कारागारले रु ५० हजार बराबरको निर्माण सामग्री उपलब्ध गराइदिए पछि कैदी आफैँ त्यसको मर्मतमा जुटेका हुन् । कसैले ढुङ्गा ओसार्ने, कसैले मसला घोल्ने, कसैले गाह्रो लगाउने र कोहीले प्लास्टर गर्ने काममा उनीहरु व्यस्त बनेका हुन् ।

भूकम्पले क्षति पुर्‍याएको कोठा नं १, ३ र ४ को मर्मतमा लागिरहेको कारागारका निमित्त प्रमुख तीर्थनाथ खनालले बताए । अहिले कैदीबन्दीलाई भूकम्पका पराकम्पन आएको समयमा उनीहरुलाई भलिबल खेल्ने चौरमा निकालेर राख्ने गरिएको कारागारका निमित्त प्रमुख खनालले बताए ।

भूकम्पले कैदीले प्रयोग गर्ने शौचालय र सुरक्षाकर्मी बस्ने ठाउँ नजिकैको पर्खालसमेत चिरिएको बताइएको छ । पच्चीस जनाको क्षमता रहेको तनहुँ कारागारमा ९४ कैदी र १४ थुनुवा गरी १०८ जना बन्दी रहेका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>