Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
'गाउँ फर्काइदेऊ' - Himalkhabar.com

थप समाचारबुधबार, जेठ ६, २०७२

‘गाउँ फर्काइदेऊ’

हिमालखबर

सोनामा तामाङ लाङटाङ हिमालको फेदीमा चौँरी चराउँदै थिए । माथिबाट ठूलो आवाजसँगै एक्कासि हिमपहिरो खस्यो । हेर्दाहेर्दै गाउँका घर भत्किए, मानिस पुरिए र भागाभाग भयो ।

पहिरोले घर पुरिदा सोनामाले श्रीमती र नाति गुमाए । भूइँचालोले ल्याएको विपत्तिको कहालीलाग्दो दृश्य अहिलेसम्म झल्झली आउने गर्दछ । हिमपहिरोले गाउँ नै सखाप बनाएको र आफन्तजनको मृत्यु गराएको भएपनि पुस्तेली थातथलो छोड्न उनलाई मन छैन । ‘‘सरकारले सहयोग गरे गाउँमै जाने इच्छा छ”, ७८ वर्षीय सोनामले भने ।langtang

आफू जन्मेहुर्केको गाउँको माटो जस्तो अन्तको माया कहाँ हुन्छ र ? पहिरोपछि काठमाडौँ हेलिकप्टरमा उद्धार गरिएर स्वयम्भुनजिक बसेका सोनामले भने– “यहाँ त निकै गर्मी छ, खाना खान मन लाग्दैन, निद्रा पनि छैन, जोखिम भए पनि गाउँनै फर्किन्छौँ ।”

लाङटाङ–६ की छेदिन तामाङले पहिरोमा जेठो छोरालाई गुमाइन् अहिले उनलाई चिन्ता गाउँ र चौपायाको छ । “गाउँको यादले असाध्यै सताएको छ, चौंरी कता भौँतारिएका होलान्, यहाँ गर्मीले थलिन लागियो बरु गाउँ फर्कन पाए हुन्थ्यो”, उनले भनिन् ।

झन्डै २० वर्षदेखि लाङटाङमा पर्यटन व्यवसाय गर्दै आएकी खामु तामाङलाई पहिरोपछिको जिन्दगी झनै सकसपूर्ण लागेको छ । “आफ्नै गाउँ फर्किन पाए हुन्थ्यो । वातावरण सरकारले बनाइदिए उतैतिर खेती कमाएर जीवन गुजारा गर्ने थियौँ ।”

स्थानीय नाम्गेल मिडल बोर्डिङ स्कुलमा ६ कक्षामा अध्ययनरत छेवाङ तामाङले भूकम्प गएको दिनको विभत्स दृश्यले मस्तिस्कलाई झस्काइरहन्छ । माथिबाट पहिरो खस्दै गरेको मानिसहरु भागिरहेको स्कुलका बच्चाहरु रुँदै चिच्याइरहेको दृश्य सम्झँदै उनी झस्किरहन्छन् ।

लाङटाङ–१ की ६५ वर्षीया पेमा लामा चिया पसल गर्थिन् । पहिरोको विपद्ले काठमाडौँमा एक सातादेखि बस्दै आएकी उनले गर्मी खप्न सकेकी छैनन् भन्छिन्– “गाउँमा पशु र खेतीपातीको बढी चिन्ता छ, रातमा निद्रा लाग्दैन ।”

भूकम्पपछि आएको पहिरोबाट आफ्नो घरबार गुमाएका लाङटाङवासी विपद्को जोखिम मोलेर भए पनि फेरि आफ्नै गाउँ फर्कन चाहन्छन् ।

आफ्नो थातथलो छोडेर नयाँ ठाउँमा शरण लिनुपर्दा उनीहरुलाई नरमाइलो लागेको छ । “आफ्नो पहिचान र संस्कृति उतै छ, यहाँ अनौठो ठाउँमा वातावरण पनि मिल्दैन, कसरी बस्ने हामी उतै फर्कन चाहन्छौँ”, लाङटाङ–३ का डिन्डु जाङबाले भने ।

लाङटाङ गाविसका सबै वडा पहिरोले ध्वस्त पारेपछि त्यहाँका १९७ घरधुरीका ४८८ जना परिवारलाई गत वैशाख १५ देखि यही जेठ ३ गतेसम्म उद्धार गरी काठमाडौँ ल्याइएको थियो ।
विभिन्न उमेरका २०० जना बालबालिका छन् । आमाबुबा नभएका १३ घरधुरीका करिब ५० जना बच्चा छन् । विभिन्न संस्था तथा व्यक्तिहरुको सहयोगमा बिहानबेलुका छाक टार्दै आएका लाङटाङवासीलाई अहिले राजधानीको बसाइँ निकै सकसपूर्ण छ ।

सामूहिक खाना खाइरहेका उनीहरुलाई चर्पीको समस्या छ, सफा पिउने पानीको अभाव छ । प्राकृतिक विपत्तिको घडीमा पनि उनीहरु आफ्नो धर्म र संस्कृतिलाई बिर्सन सक्दैनन् पशुपालन र स्थानीय उत्पादनको मोह त छँदैछ ।

पहिरोले लाङटाङमा घरको नामनिसानै छैन । त्यहाँ १७८ जनाको मृत्यु भएको थियो । जसमा ५० जना विदेशी पर्यटक परेका छन् ।
करिब तीन हजार ४०० मिटर उचाइमा रहेको रसुवाको महत्वपूर्ण पर्यटकीय क्षेत्र लाङटाङको नौवटै वडा पहिरोले ध्वस्त भएको छ ।

वर्षमा एक सिजन मात्र कमाइ हुने आलु, फापर र करुको खेती हुन्छ । यहाँको मुख्य व्यवसाय भनेको नै पर्यटन हो १५० घरधुरी पर्यटन व्यवसायमा आबद्ध थिए ।
रसुवाका १८ गाविसमध्ये क्षेत्रफलका हिसाबले लाङटाङ सबैभन्दा ठूलो गाविस पनि हो । लाङटाङ, गाङछिम्पु, मार्लापक, नयाकङलगायतका हिमाल यो क्षेत्रमा पर्छन् ।

सिबी अधिकारी, रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>