थप समाचारबुधबार, जेठ ६, २०७२
‘आफ्नो घर आफैं बनाऊ’मा युवाहरु
नेकपा एमालेका युवाहरुले ‘आफ्नो घर आफैं बनाऊ’ अभियान अन्तर्गत एक सय वटा नमूना अस्थायी घर बनाइदिने भएका छन् ।
इन्जिनियरसहितको टोलीले भूकम्प प्रभावित जिल्लामा एक सय वटा घर बनाइदिने भएका हुन् । स्थानीय सामाग्री स्रोत र सधान प्रयोग गरेर घर बनाइदिने युवा नेता निरज आचार्यले बताए ।
उनका अनुसार गोरखाको च्याङली–६ पारेघाटमा १०, धादिङमा कल्लेरी साल्टारमा १०, नुवाकोटको चारघरे मान्द्रे ढुङ्गा १०, काभ्रेको अनेकोटवेसीमा १०, सिन्धुपालचोकको फुलपिङ,हगाम,थकनीमा १५, दोलखाको तामाकोशीमा १०, रामेछापको खीम्तिबेसी १० र चितवनमा १५ वटा नमूना घर बनाइनेछ ।
यस्ताे घर बनाइने याेजना उनीहरुले बनाएका छन् ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
