थप समाचारबुधबार, जेठ ६, २०७२
२ बजेर ४७ मिनेटमा ४.४ को भूकम्प
६ जेठ दिउँसो २ बजेर ४७ मिनेट जाँदा काठमाडौंमा भूकम्पको धक्का महशुस गरिएको छ ।
करिब २८ घण्टादेखि तुलनात्मकरुपमा ठूलो कम्पन महशुस नगर्दा आस्वस्त भएका काठमाडौंबासी फेरि नजिकै केन्द्रविन्दू रहेको ४.४ म्याग्निच्यूडको भूकम्प गएपछि त्रसित हुँदै खुल्ला चौर र सडकमा जम्मा भए ।
भूकम्पको केन्द्र काठमाडौं, ललितपुर र मकवानपुरको सीमा (दक्षिणकाली क्षेत्र) रहेको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । केन्द्र नजिक हुँदा सानो भूइँचालो जाँदा पनि काठमाडौंमा धक्का ‘राम्रै’ महशुस हुन पुगेको हो ।
यद्यपी यस्ता साना धक्काहरु जानु सामान्य रहेको र अझै केही समय जाने भएकाले आत्तिनुपर्ने अवस्था नरहेको केन्द्रको भनाई छ ।
*सच्याइएको
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
