थप समाचारबुधबार, जेठ ६, २०७२
राहत कोषमा झापाबाट सवा दुई करोड
झापाबाट प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा २ करोड २८ लाख रुपैयाँ जम्मा भएको छ ।
झापाबाट प्रधानमन्त्री दैविप्रकोप उद्धार कोषमा जम्मा भएको रकममध्ये ५ जेठमा जिल्लाका शिक्षकहरुबाट मात्र रु. १ करोड ११ लाख ३३०० जम्मा भएको सहायक प्रजिअ कमलबहादुर थापाले जानकारी दिए ।
जिल्लामा कार्यरत तीन हजार ५६० शिक्षकले जनही चार दिनको तलब राहत कोषमा जम्मा गराएका हुन् ।
सबै रकम भूकम्प पीडितको सहयोगका लागि जिल्ला दैबि प्रकोप उद्धार समिति मार्फत राहत कोषमा जम्मा गरिएको हो ।
गोपाल गडतौला, झापा
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
