समाचारबिहीबार, जेठ ७, २०७२

सुनसरीमा बेमाैसमी बाढी, केही क्षेत्र डुबानमा

हिमालखबर

सुनसरीको विभिन्न नदी खोलामा आएको बेमौसमी बाढीका कारण केही क्षेत्र डुबानमा परेको छ ।

बाढीको कारणले सुनसरीको ग्रामीण क्षेत्रको जनजीवन प्रभावित बनेको छ । जिल्लाको सुनसरी खोलामा रहेको एउटा बाँसको पुलसमेत बगाएको छ । बाँसको पुल बाढीले बगाएपछि जिल्लाको नरसिंह र रामनगरभुटाहा गरी दुई गाविसको सम्पर्कबिच्छेद भएको स्थानीयले बताएका छन् ।

नरसिंह र रामनगरभुटाहा जोड्ने सुनसरी खोलाको बाँसको पुल बुधबार मध्याह्न आएको बाढीले बगाएको कारण आवतजावत गर्न बन्द भएको छ ।

दुवै गाविसका बीचमा रहेको बाँसको पुल (चचरी) भाँच्चिएको र बगाएकाले सर्वसाधारणलाई आवतजावतमा समस्या भएको स्थानीय रवीन्द्र मण्डलले बताए ।

सुनसरी खोलामा अचानक आएको बाढीले बाँसको पुल बगाएपछि स्थानीय १० किलोमिटरको दूरीको अर्को बाटो प्रयोग गर्न बाध्य भएको स्थानीय रामलोचन मण्डलले बताए ।

जिल्लाको बूढी खोला, गडन खोला, टेग्रा खोला, धानउष्णा खोला, सेउती खोला र सुनसरी खोलालगायतका आधा दर्जन खोलानाला र नदीमा बाढी आएको जिल्ला प्रहरी कार्यालय सुनसरीले जनाएको छ । रासस

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>