समाचारबिहीबार, जेठ ७, २०७२

प्रधानमन्त्रीले भने, “काेही पेट काटेर पठाउँछन्, काेही मजाक गर्ने ?”

हिमालखबर

प्रधानमन्त्री सुशील कोइरालाले राहत र पुनःस्थापनाकाे लागि संकलित रकम अनियमितता हुन नदिइने बताएका छन् ।

उनले नेपालका भूकम्पपीडितलाई स्वदेश तथा विदेशका नागरिक, सङ्घसंस्था र सरकारले दिएको सहयोग रकम र राहत सामग्री वितरणमा अनियमितता हुन नदिने बताए । प्रधानमन्त्री कोइरालाले प्रधानमन्त्री निवास बालुवाटारमा भूकम्पपीडितका निम्ति विभिन्न संस्थाले दिएको राहत रकम ग्रहण गर्दै भने, “उनीहरुले पेट काटेर पठाएका छन्, यहाँ बसेर मजाक गर्न खोज्ने ?”

उनले यस्तो घृणित कार्य हुन नदिने पनि बताए । उनले भने, “राहत रकम र राहत सामग्री वितरणमा पक्षपात गर्ने र अनियमितता गर्ने कार्य हुन दिइने छैन ।”

प्रधानमन्त्री कोइरालाले सङ्कलित राहत रकम र प्राप्त राहत सामग्री भूकम्पपीडितसमक्ष पुगे नपुगेको सरकारले पनि गम्भीरतापूर्वक हेरेको बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>