रमझममंगलबार, कार्तिक २१, २०६९

मनाङमा ने पर्व अर्थात् घोडाजात्रा (फोटो फिचर)

हिमालखबर

शब्द/ तस्बीरः युवराज श्रेष्ठ
गहुँ, आलु र फापरमात्रै हुने माथिल्लो मनाङको मनाङ गाउँमा मात्रै यो पर्व मनाइन्छ । अन्न बाली लगाउने र  भित्र्याउने काम सकिएको खुसियालीमा मनाउने ने पर्वमा यसपटक घोडचढीको लागि १ सय १५ वटा घोडाहरु ल्याइएको पर्यटन व्यवसायी संघ मनाङका अध्यक्ष विनोद गुरुङले जानकारी दिए ।

स्थानीय संस्कृतिविद् ग्याल्पोकालु गुरुङका अनुसार मनाङमा ने पर्वलाई वर्षको अन्तिम मैजारो पर्वका रुपमा मनाउने गरिन्छ । यसको समापनसँगै वर्षभरिका सबै चाडवाड सकिन्छन् । साथीभाइ एकै ठाउँमा भेला हुने र विगतका तिक्तता बिर्सेर घोडा दौडाउने गरिन्छ ।

पर्व अवधिभर दिउँसो घोडा दौडाउने र साँझ स्थानीय पोचो गुम्बामा पूजाआजा गरिन्छ । पर्वको अन्तिम दिन सबैजना गुम्बामा पूजा गर्दै सामूहिक बत्ती बालेर रातभर नाचगान गर्छन् । त्यति बेला गाइने गीतहरू पौराणिक कथामा आधारित हुन्छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>