Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
ओखलढुङ्गामा करिब तीन हजार क्विन्टल खाद्यान पुरियो - Himalkhabar.com

थप समाचारबिहीबार, जेठ ७, २०७२

ओखलढुङ्गामा करिब तीन हजार क्विन्टल खाद्यान पुरियो

हिमालखबर

विनाशकारी भूकम्पमा घर भत्किँदा ओखलढुङ्गामा २० हजार किसानका एक हजार ८०० क्विन्टल अन्नपात पुरिएको छ ।

जिल्लाको २५ गाविसका घरधुरीले भण्डारण गरी राखेका मकै, कोदो, धान र आलु बढीमात्रामा पुरिएको कृषि विकास कार्यालयले जनाएको छ । हर्कपुर, बरुणेश्वर, खिजित, भुसिङ्गा, जन्तरखानी, रगनी, पात्ले, कटुन्जे, बिलन्दु, टारकेराबारी, गाम्नाटार, फूलबारी र सिंहदेवीका साथै सिद्धिचरण नगरपालिका अधिकांश भवन भत्किएपछि अन्नपात पुरिएर नष्ट भएको हो ।

यसैबीच, भूकम्पपछि हालैको वर्षासँगै परेको असिनाले एक हजार हेक्टर खेतमा लगाइएका मकै र आलुबाली नष्ट भएको कार्यालय प्रमुख कुलप्रसाद अधिकारीले बताए ।

पूर्वाञ्चलमा ओखलढुङ्गाबाहेक सोलुखम्बु, खोटाङ, भोजपुर, तेह्रथुम र उदयपुरमा भवन भत्किए पनि खासै अन्नबाली नष्ट नभएको पूर्वाञ्चल क्षेत्रीय कृषि निर्देशनालय विराटनगरका प्रमुख तेजबहादुर सुवेदीले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>