समाचारबिहीबार, जेठ ७, २०७२
उपप्रधानमन्त्रीलाई सीडीअाेकाे दुखेसाे, ‘मलाई सभासद्ले थर्काए’
भक्तपुरका प्रमुख जिल्ला अधिकारी अनिलकुमार ठाकुरले सिन्धुपाल्चोकका सभासद् मोहनबहादुर बस्नेतले आफूलाई थर्काएको गुनासो गरेका छन् ।
भक्तपुरकाे सल्लाघारीस्थित नेपाल ट्रष्टको नाममा भएको ९९ रोपनी जग्गामा भूकम्पपीडितलाई राख्न नमिल्ने भन्दा सभासद् बस्नेतले थर्काएकाे सीडीअाे ठाकुरले उपप्रधानमन्त्री प्रकाशमान सिंहलाई दुखेसाे व्यक्त गरेका हुन् ।
सिडिओ ठाकूरले भने, “पदीय मर्यादाविपरीत सभासद्ले मलाई थर्काउनुभयो, बसाइसराइसम्बन्धी नियम र पीडितको पुनःस्थापनाबारे छुट्टै कार्यविधि भएकाले पुनर्वासका लागि सिफारिस दिन अस्विकार गरेपछि उनले मलाई पदीय मर्यादाभन्दा बाहिर गएर धम्कीको भाषाले गालिगलौज गर्नुभयो ।”
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>