थप समाचारबिहीबार, जेठ ७, २०७२

चार म्याग्निच्युड माथिका २५३ पराकम्पन

हिमालखबर

१२ वैशाखकाे महाभूकम्पपछि आजसम्म चार लोकल म्याग्निच्युडभन्दा माथिका २५३ पराकम्पन गएका छन् ।

राष्ट्रिय भूकम्पमापन केन्द्रका अनुसार आज तीन पराकम्पन गएका छन् । पछिल्लो समय साँझ ७ बजेर ३० मिनेट जाँदा धादिङ् केन्द्रबिन्दु भएर ४.० लोकल म्याग्निच्युडको पराकम्पन गएको छ ।

त्यसअघि, दिउँसो २ बजेर ५६ मिनेट जाँदा नुवाकोट केन्द्रबिन्दु भएर ४.० र २ बजेर ११ मिनेट जाँदा दोलखा केन्द्रबिन्दु भएर ४.२ लोकल म्याग्निच्युडका पराकम्पन गएका थिए ।

पछिल्लो समयमा भूकम्पका पराकम्पन घट्दै गएका छन् । काठमाडौँ उपत्यकासहित भूकम्पप्रभावित जिल्लाको जनजीवन क्रमशः सामान्य बन्दै गएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>