थप समाचारशुक्रबार, जेठ ८, २०७२

भीरमा लाश देखिन्छ, निकाल्न सकिँदैन

हिमालखबर

१२ वैशाखमा गएकाे महाभूकम्पमा परी गोरखाको विभिन्न भीरमा ज्यान गुमाएकाको शब अझै निकाल्न सकिएको छैन ।

लापु गाविसको हावाडाँडा र सौरपानी गाविसका विभिन्न क्षेत्रमा झरेको पहिरोमा पुरिएकाको शब निकाल्न नसकिएको प्रमुख जिल्ला अधिकारी उद्धवप्रसाद तिमल्सेनाले बताए । “पारिबाट हेर्दा भीरमा लाश देखिन्छ” उनले भने, “पहिरोबाट शब निकाल्न सेना, प्रहरी परिचालन गरेका छौँ । निरन्तर पहिरो खसिरहेको छ । शब निकाल्नै सकिएन ।”

‘भूकम्पमा परी ज्यान गुमाउनेहरूको पहिचान भइसकेको छैन’ उनले भने, ‘कुन भीरमा कसको लाश हो भन्नेबारे पनि एकिन भएन ।’

मनास्लु पदमार्गको विभिन्न ठाउँमा खच्चड गोठालो र भरिया पुरिएको हुनसक्ने आँकलन गरिएको छ । पदमार्ग खुलाउनका लागि ६० सशस्त्र प्रहरी र ५२ नेपाली सेना परिचालन गरिएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>