थप समाचारशनिबार, जेठ ९, २०७२

हतियारसहित दुई भारतीय पक्राउ

हिमालखबर

-सुरेश बिडारी, वीरगञ्ज

वीरगन्जबाट हतियारसहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् ।

भारतको बिहार सिवानका २७ बर्षीय प्रवीण सिंह र २८ बर्षीय मुकुल सिंह हतियारसहित पक्राउ परेको प्रहरीले जनाएको छ ।

उनीहरुको साथबाट ‘मेड इन अमेरिका’ लेखिएको अत्याधुनिक पेस्तोल एक थान, त्यसमा लाग्ने म्याग्जीन एक थान र एक राउण्ड गोली बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरिक्षक विर बहादुर ओलीले बताए ।

जाडरक्सी खाएर हतियार देखाई आतङक मच्चाएको सूचनाको आधारमा प्रहरीले उनीहरुलाई पक्रेको उनले बताए ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>