थप समाचारआइतबार, जेठ १०, २०७२

हुरीले रुख ढल्दा किचिएर एकको मृत्यु

हिमालखबर

गएराति हाबा हुण्डरीले रुख ढल्दा किचिएर एक शरणार्थी बालिकाको ज्यान गएको छ ।

९ जेठ राति ९ बजेतिर हुण्डरीले रुख ढाल्दा किचिएर बेलडाँगी २ शरणार्थी शिबिर सेक्टर बी १ छाप्रो नम्बर ९७ की चारबर्षे बालिका एलिना राईको मृत्यु भएको हो ।

शिबिरको छाप्रो भित्र रहेकी एलिनाको घटनास्थलमै ज्यान गएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ ।

रुखले किचिएर घाइतेभएकी उनकी आमा मनमाया राई (३५)लाई उपचारका लागि बीपी कोइराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरान लगिएको छ ।

गोपाल गडतौला, झापा

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>