थप समाचारसोमबार, जेठ ११, २०७२

बालिका बलात्कारको अभियोगमा पुजारी पक्राउ

हिमालखबर

-सुरेश बिडारी, विरगञ्ज

बालिका बलात्कारको अभियोगमा पर्सा प्रहरीले एक पुजारीलाई पक्राउ गरेको छ ।

बड्कीफुलबरिया–६, का ४५ बर्षीय मनक भगत मालीलाई प्रहरीले पक्राउ गरेको हो । हाल बीरगञ्ज उपमहानगरपालिका–२८, बस्दै आएका मालीलाई १० जेठ दिउँसो १ः३० बजे ६ बर्षीया बालिकालाई जबर्जस्तीकरणी गरेको अभियोग लागेको छ ।

मन्दिर आसपासमा खेलिरहेकी बालिकालाई मिठाईको प्रलोभन देखाएर जर्बजस्तीकरणी गरेको उजुरीको आधारमा पुजारी मालीलाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>