थप समाचारसोमबार, जेठ ११, २०७२

जनतासँग जोडिने अवसर

हिमालखबर

संविधानसभा निर्वाचनपछि सर्वसाधारणसँग लगभग टुटेको राज्य र दलहरूको सम्बन्ध जोड्ने गतिलो अवसर बनेको छ– महाभूकम्प २०७२ । 

-युवराज श्रेष्ठ, लमजुङ

जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकमा सरकारी तथा गैरसरकारी निकायका प्रमुख र दलका नेता ।

जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकमा सरकारी तथा गैरसरकारी निकायका प्रमुख र दलका नेता ।

१२ वैशाखको महाभूकम्पको दिउँसो बसेको लमजुङ जिल्ला दैवी प्रकोप व्यवस्थापन समितिको बैठकले जिल्लाभरको अवस्था बुझन तत्काल पाँच वटा टोली बनायो । टोलीले भोलिपल्टै स्थलगत अध्ययन गरी समितिलाई क्षतिको विवरण बुझयो । विवरण अनुसार लमजुङका ५२ गाविसका झ्न्डै ११ हजार घर भत्किएको पायो । पाँच जनाको मृत्यु र सयौं घाइते भएका थिए ।

1211लगत्तै व्यवस्थापन समिति राहतमा जुट्यो । तर गाउँ तहमा बनेको राजनीतिक संयन्त्रले निर्णय गर्न ढिलाइ गरेकै कारण पीडितले समयमै राहत पाउन सकेनन् । स्वाभाविक थियो, दलहरूको आलोचना शुरू भयो ।

जनस्तरबाट असन्तुष्टि आउने वित्तिकै समितिको राहत वितरण अनुगमन टोलीसँगै नेताहरूले गाउँ जाने निर्णय गरे । आफ्नो गाउँ नपर्ने गरी कर्मचारी र नेता सम्मिलित ६ वटा टोली गठन गरियो । यसरी खटेका दलका नेताहरूले राहतमा दलीय भागबण्डा नगर्न आफ्ना स्थानीय प्रतिनिधिलाई निर्देशन दिए ।

१५ वैशाखमै नेपाली कांग्रेसले जिल्ला सभापति कृष्ण कोइरालाको संयोजकत्वमा भूकम्प पीडितको अवस्था अनुगमन गर्न समिति नै गठन ग¥यो । “हामी जिल्लाका धेरै गाउँमा पुगिसक्यौं”, कोइराला भन्छन् । नेकपा (एमाले), जिल्ला कमिटी लमजुङले ४ जेठमा राहत अनुगमनका लागि जिल्लास्तरीय नेता र स्थानीय सभासद्को सहभागितामा सात वटा टोली गठन गर्‍यो ।

एमाओवादी, राप्रपा नेपाल, संघीय समाजवादी पार्टी पनि राहत अनुगमनमा देखिए । “यस्तो अवस्थामा पनि राजनीतिक खिचातानी भयो भने दलहरूप्रति जनविश्वास कम हुन्छ”, एमाले जिल्ला अध्यक्ष धनञ्जय दवाडी भन्छन् ।

दुई सातापछि नै सही, जनताको पीडामा सहयोग र सहानुभूति दिन गाउँ पुगेका नेताका लागि भूकम्प पुनः जनविश्वास आर्जन गर्ने अवसर बनेको छ ।

घरघर जाऊ

पश्चिम लमजुङको भोर्लेटारमा भत्किएको घर अवलोकन गर्दै कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला दायाँ, राप्रपा नेपाल लमजुङका अध्यक्ष शंकरराज विष्ट बीचमा र एमाओवादी लमजुङका अध्यक्ष पारसमणि पौडेल ।

पश्चिम लमजुङको भोर्लेटारमा भत्किएको घर अवलोकन गर्दै कांग्रेस लमजुङका सभापति कृष्ण कोइराला दायाँ, राप्रपा नेपाल लमजुङका अध्यक्ष शंकरराज विष्ट बीचमा र एमाओवादी लमजुङका अध्यक्ष पारसमणि पौडेल ।

लमजुङ क्षेत्र नं. १ का निर्वाचित एमाले सभासद् जमिन्द्रमान घले आफ्नो निर्वाचन क्षेत्रका भूकम्प प्रभावित गाउँ घुमेर सदरमुकाम बेसीशहर फर्र्किएका छन् । “गाउँलेका पीडा सुनिदिए मात्र पनि आधा चिन्ता हराउँदो रहेछ”, घले भन्छन् । सरकारी राहत र पुनःनिर्माण योजनाका साथ फेरि गाउँ पुग्ने उनको योजना छ ।

नेपाली कांग्रेसको तर्फबाट क्षेत्र नं. २ का निर्वाचित सभासद् चन्द्रबहादुर कुँवरलाई पनि रित्तोहात गाउँ जाँदा अप्ठ्यारो लागेको थियो । उनी भन्छन्, “तर, त्यस्तो भएन, हामीलाई भेट्दा पीडितको आँखामा हर्षका आँसु भेटें ।” पीडितहरूसँग दुःख बुझ्ेर सदरमुकाम फर्किएका एमाओवादी सभासद् लालबहादुर गुरुङ सरकारले राहत र पुनस्र्थापनाका योजना ल्याउन ढिलो गर्न नहुने बताउँछन् ।

भलायखर्कका हेमराज न्यौपाने यतिबेला सधैं झैं नेताले राजनीतिका कुरा नगरेको देखेर छक्क परे । “यस्तो धक्कापछि पनि नेताहरू चेतेनन् भने उनीहरूले ठूलो मूल्य चुकाउनुपर्छ”, उनी तर्क गर्छन् ।

तर, नेता र सरकारी प्रतिनिधि घर–घर नआएकोमा गाउँलेको गुनासो छ । सदरमुकामबाट नेता र सरकारी प्रतिनिधि अनुगमनमा आउँदैछन् भन्ने थाहा पाएर गाविस कार्यालय पुगेका तार्कुघाटका कृष्ण विकले आफ्नो घर हेरिदिन आग्रह गरे । तर, समय अभाव भन्दै दल र नेताहरूले सबैको घरदैलोमा जान मानेनन् । “भत्किएको घर हेर्न नभ्याउनेले के अनुगमन गर्लान् ?” तार्कुघाटकी विष्णुमाया धितालले गुनासो गरिन् ।

स्थानीय बालकृष्ण बराल निर्वाचनमा जस्तै नेता, कार्यकर्ता घरदैलोमा पुग्न सके दल र नेताप्रतिको वितृष्णा हट्न सहायक हुने बताउँछन् । “तर, जनतामाझ् रित्तोहात होइन, राहत र सान्त्वनासाथ जानुपर्छ”, उनको सुझव छ ।

साप्ताहिक खबरपत्रिका हिमालबाट

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>