Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
भारत लैजादै गरिएकाे पाँच महिलाकाे उद्धार - Himalkhabar.com

थप समाचारमंगलबार, जेठ १२, २०७२

भारत लैजादै गरिएकाे पाँच महिलाकाे उद्धार

हिमालखबर

पश्चिमी सिमानाका गड्डाचौकीबाट सोमबार साँझ भारततर्फ जान लागेका पाँच महिलाको उद्धार गरिएको छ ।

वैदेशिक रोजगारीका लागि किर्गिस्तान जान भन्दै पोखरा–दिल्लीको बसमा आएका पाँच जनाको पश्चिमी सीमा नाका गड्डाचौकीबाट उद्धार गरिएको हो । उद्धार गरिएकामा एक बालिकासमेत रहेकी छिन् ।

भारतीय राजधानी दिल्लीबाट किर्गिस्तान जाने जानकारी गराएपछि पाँचैजनालाई उद्धार गरिएको माइती नेपालकी संयोजक महेश्वरी भट्टले बताइन् । माइती नेपालको आवधिक गृहमा राखिएका उनीहरुमध्ये दुई जनासित नागरिकता र राहदानी भेटिएको छ । अन्य तीनसित नागरिकतासमेत नभएको संयोजक भट्टले बताइन् ।

“किर्गिस्तान जाने बहानामा भारतमा बिक्री गर्ने गिरोहले बोलाएको हुनसक्छ” संयोजक भट्टले भनिन्, “उनीहरुलाई दिल्लीसम्म मगाउन किर्गिस्तानको बहाना गरिएको हुन सक्छ ।”

किर्गिस्तान जान आएका दुई युवतीले दलाललाई रु ५०/५० हजार बुझाएका छन् । उनीहरुले आफूलाई भारत पठाउने व्यक्तिसित चिनजान नभएको बताएका छन् ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>