रमझममंगलबार, जेठ १२, २०७२

हास्यकलाकारहरूले स्कूल बनाइदिएपछि खुलेको विद्यालय

हिमालखबर

शब्द/तस्वीरः मीना शर्मा

महाभूकम्पले भत्काएको ओखरपौवा—६, नुवाकोटस्थित महाकाली निम्न माध्यमिक विद्यालयको अस्थायी भवन हास्य कलाकारहरुको समूहले बनाइदिएको छ ।

‘मेरी बास्सै’, ‘भद्रगोल’, ‘सगुन डटकम’ र जेष्ट फाउण्डेसनको संयुक्त पहलमा सात कोठे भवन निमार्ण भएपछि ११ बैशाखबाट उक्त विद्यालय सञ्चालनमा आएको छ । २५० विद्यार्थी रहेको उक्त विद्यालयको अस्थायी भवन उद्घाटन गरेपछि सिताराम कट्टेल ‘धुर्मुस’ले भने, ‘‘भूकम्प जाँदा अव डराउनु पर्दैन, अव पढ्न थाल्नुहोस् ।’’

विद्यालय निर्माणपछि विद्यार्थीहरुलाई झोला, कापी र पेन्सिल पनि बाडिएको थियो । उक्त समूहले ४ दिनसम्म त्यही रहेर विद्यालय बनाइदिएको हो ।

धुर्मुससँगै मेरी बास्सै र भद्रगोलका कलाकार समूहले एउटा विद्यालय र ४० वटा शौचालय बनाइदिएका थिए ।

DSC_0744 DSC_0647 DSC_0655 DSC_0689 DSC_0722 DSC_0731 DSC_0736

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>