थप समाचारमंगलबार, जेठ १२, २०७२

बसको ढोकाबाट लडेर एकको मृत्यु

हिमालखबर

-सुरेश बिडारी, वीरगञ्ज

पर्साको विन्दवासिनीमा बसको ढोकाबाट लडेर एक जनाको मृत्यु भएको छ ।

भिस्वा–३, का रिजवान आलमको मृत्यु भएको हो । भेडियाहीबाट वीरगञ्ज तर्फ आउँदै गरेको ज १ ख १४६४ नम्बरको यात्रुबाहक बसबाट विन्दासिनी चोकमा लडेर गम्भीर घाइते आलमको नारायाणी उपक्षेत्रीय अस्पतालमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ ।

बसमा सवार उनको हातबाट मोबाइल खसेपछि टिप्नको लागि ओर्लने क्रममा बसको ढोकाबाट लडेर आलम गम्भीर घाइते भएका थिए । आलमको शव पोष्टमार्टमको लागि नारायणी उपक्षेत्रीय अस्पतालको शव गृहमा राखिएको छ ।

बस र चालक विन्दवासिनी प्रहरी चौकीको नियन्त्रणमा रहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>