थप समाचारबुधबार, जेठ १३, २०७२
झुटाे अाश्वाशसन दिदै कराेडाैं ठगी गरेकाे अभियाेगमा लामा पक्राउ
आकर्षक प्रतिफल दिने झूठो प्रलोभन देखाई ठगी गरेकाे अभियाेगमा काठमाडाैंस्थित फिक्सने ग्लोबल इन्भेष्टमेन्ट प्रा.लि. का संचालक पक्राउ परेकाे छ ।
समरथली–९, काभ्रेका २८ बर्षीय सुक्किम लामालाई प्रहरीले पक्राउ गरेकाे हाे । काठमाडौंको लाजिम्पाटमा २०६६ उक्त कम्पनी स्थापना गरेर काभ्रे, सिन्धुपाल्चोक, दोलखा, भक्तपुर,रामेछाप ,धादिङ तथा काठमाडौं लगायत जिल्लाका विभिन्न व्यक्तिहरुसँग लगानीको नाममा करोडौं रकम ठगी गरेकाे अभियाेगमा उनलाई पक्राउ गरिएकाे हाे ।
कम्पनीले बैदेशिक बिनिमय सम्बन्धी कारोबार गर्ने र त्यसमा लगानी गरेमा आकर्षक प्रतिफल दिने झूठो प्रलोभन देखाउँदै ठगी गर्दै अाएकाे थियाे ।
कम्पनीमा संलग्न अन्यकाे अनुसन्धान भइरहेकाे प्रहरीले जनाएकाे छ ।
प्रतिकृया दिनुहोस
ताजा अपडेट
हिमालखबर जनमत
