Warning: mysqli_query(): (HY000/1194): Table 'hk_wfHits' is marked as crashed and should be repaired in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 2056

WordPress database error: [Table 'hk_wfHits' is marked as crashed and should be repaired]
SELECT MAX(attackLogTime) FROM hk_wfHits


Warning: mysqli_num_fields() expects parameter 1 to be mysqli_result, boolean given in /home/mysites/repo/himalkhabar/himalkhabar/wp-includes/wp-db.php on line 3403
बङ्गलादेशले पठाएको चामल काँकडभिट्टा भन्सारमै कुहिन थाल्यो - Himalkhabar.com

थप समाचारबुधबार, जेठ १३, २०७२

बङ्गलादेशले पठाएको चामल काँकडभिट्टा भन्सारमै कुहिन थाल्यो

हिमालखबर

-गाेपाल गड्ताैला, झापा

DSC_0100

कुहिएकाे चामल

बंगलादेश सरकारले नेपालका महाभूकम्प पीडितलाई पठाएको चामल समयमै भण्डारण र ढुवानी हुन नसक्दा कुहिन थालेको छ ।

झापास्थित काँकडभिट्टा भन्सार परिसरमा आइपुगेको ५ हजार किलोग्राम चामल कुहिएको खाद्य क्वारेन्टाइन काँकडभिट्टाले जनाएको छ । भिजेका २०७ बोरा चामलबाट ढुँसी र डल्ला परेको भाग हटाउन थालिएको छ ।

DSC_0014यी चामल आधा कुहिएको हुन सक्ने अनुमान गरिएको छ । खाद्य क्वारेन्टाइन काँकडभिट्टाका प्रमुख हेमन्त पराजुली भन्छन्, “चामलको गुणस्तर हेर्न निर्देशन अाएकाले भिजेका र बाहिर ढुँसी देखिएका सबै बोरा खन्याएर चामल छान्दैछौं ।”

त्यहाँ रहेको जस्ताको छानो भएका २ वटा सेट र भन्सारका गोदाममा राखिएको १ हजार ५६७ मेट्रिकटन (१५हजार ६७६ क्विन्टल) मध्ये १० जेठमा ट्रकबाट अनलोड गर्दा भिजेको र राखिएको ठाँउमा बाछिटाले भेटेका बोराका चामल कुहिएको पराजुलीले बताए ।

बंगलादेश सरकारले पठाएको ५१ हजार ७६१ क्विन्टल चामल बिर्तामोडस्थित खाद्य संस्थानको गोदाममा र ३१ हजार ५४५ क्विन्टल चामल संस्थानको झापा सदरमुकाम चन्द्रगढिस्थित गोदाममा भण्डारण गरिएको छ ।

उता, जिल्ला दैबिप्रकोप उद्धार समितीका अध्यक्ष तथा झापाका प्रमुख जिल्ला अधिकारी तेजप्रसादपौडेल भने बंगलादेशबाट ल्याँउने क्रममा बाटैमा पानीले भिजेको ट्रकको चामल मात्र कुहिन थालेको बताउँछन् ।

२३ बैशाखदेखि बंगलादेशबाट भित्रिन थालेको चामल काँकडभिट्टास्थित भन्सार परिसर र खाद्य संस्थानका बिर्तामोड र चन्द्रगढिका गोदाममा भण्डारण गरी भुकम्प पीडित मध्यपहाडका जिल्लाहरुमा पठाइँदै आएको उनले बताए ।

हालसम्म ३ हजार १०० मेट्रिकटन चामल मध्ये माञ्चलका भूकम्प पीडित जिल्लामा पठाएको खाद्य संस्थानको मेची कार्यालय बिर्तामोडको रेकर्डले देखाँउछ ।

सरदर दैनिक दश ट्रक चामल भूकम्प पिडित क्षेत्रमा पठाइरहेको र झापाका तीन ठाँउका गोदाममा ६ हजार ९०० मेट्रिकटन चामल रहेको खाद्य संस्थानका मेची प्रमुख मार्कण्डेय जयसबालले बताए ।

DSC_0087

ढुँसी परेको चामलको बेरा देखाँउदै क्वारेन्टाइन काँकडभित्ताका प्रमुख हेमन्त पराजुली ।

DSC_0079

बोराभित्रको चामल खन्याइकुहिएको केलाँउदै मजदुरहरु ।

 

प्रतिकृया दिनुहोस

हिमालखबर जनमत

नयाँ सरकारको नेतृत्व कुन पार्टीले गर्नुपर्छ?

परिणाम हेर्नुस्

Loading ... Loading ...
हिमालखबर जनमतको अन्तिम नतीजा साप्ताहिक खबरपत्रिका हिमाल को आगामी अंकमा प्रकाशित गरिनेछ ।*/?>